News Portal

झापाकाे नमस्ते प्लाई उद्योगमा आगलागी

रातोपोस्ट
३११ पटक

झापा, १९ मंसिर । झापाको बिर्तामोड-२, चैतुबारीस्थित नमस्ते प्लाइ उद्योगमा विद्युत् चुहिएर आगलागी भएको छ।

यसबाट उद्योगमा रहेको फन्टिफेन नामक काठको सामग्री र सिलिङ चेम्बरमा ३० लाख रूपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक राकेश थापाले जानकारी दिए। स्थानीय होमप्रसाद घिमिरेले सञ्चालन गरेको सो उद्योगमा आज आज बिहान लागलागी भएको थियो।

आगलागी भएलगत्तै इलाका प्रहरी कार्यालय अनारमनी, १ नम्बर प्रदेश विपद् व्यवस्थापन गुल्म चन्द्रगढी र सशस्त्र बेस क्याम्प शनिश्चरेबाट संयुक्त प्रहरी टोली खटिएको थियो। आगो दमक, भद्रपुर र बिर्तामोडको वारुणयन्त्र, सुरक्षाकर्मी र स्थानीयवासीको सहयोगमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएकाे छ। रासस

प्रतिकृया दिनुहोस्