News Portal

झापामा मङ्गलबार थप २८ जनामा संक्रमण पुष्टि

रातोपोस्ट संवाददाता
५६४ पटक

झापा, २३ मंसिर । झापामा आज २८ जना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाई अनुसार मङ्गलबार जिल्लाका १० वटा पालिकामा १४ महिला र १४ जना पुरुषसहित २८ जनामा कोरोना भाइरसको भएको हो ।

दमक नगरपालिकामा २ महिलासहित ४ जना, मेचीनगर नगरपालिकामा ३ महिलासहित ५ जना, बिर्तामोड नगरपालिकामा ४ जना महिला, भद्रपुर नगरपालिकामा २ महिलासहित ६ जना, अर्जुनधारा नगरपालिकामा १ जना पुरुष, कनकाई नगरपालिकामा २ जना पुरुष संक्रमित रहेको झापाका फोकल पर्सन चौलागाईले बताए ।

यसैगरी, शिवसताक्षी नगरपालिकामा २ जना महिला, गौरादह नगरपालिकामा १ जना पुरुष, झापा गाउँपालिकामा १ महिलासहित २ जना र बुद्वशान्ति गाउँपालिकामा १ जना पुरुष संक्रमित रहेको उनले जानकारी दिए । झापामा हालसम्म ३२ हजार १८८ स्वाब संकलन गरिएका मध्ये ४ हजार २१० जना संक्रमित छन् । जिल्लामा हालसम्म ११७ जनाको मृत्यु भइसकेको छ । आइसोलेसनमा रहेका सकृय संक्रमित १ हजार १३३ र निको भएर घर फर्किएका २ हजार ९६० रहेका छन ।

प्रतिकृया दिनुहोस्