News Portal

सांसद लिङदेनलाई उपचारका लागि काठमाडौं लगिँदै

रातोपोस्ट संवाददाता
४१२ पटक

झापा, २५ मङ्सिर । प्रतिनिधि सभा सदस्य तथा राप्रपाका नेता राजेन्द्र लिङदेनलाई थप उपचारका लागि काठमाडौं लगिएको छ ।

आज बेलुकी ७:३० बजे नेपाली सेनाको एयर एम्बुलेन्स सांसद् लिङ्देनलाई लिएर चन्द्रगढी विमानस्थलबाट काठमाडौं उडेको थियो । उनलाई काठमाडौंको मेडिसिटी हस्पिटलमा उपचार गरिने भाइ रवीन्द्र लिङदेनले बताए ।

उनका स्वकीय सचिव छत्र कडायतका अनुसार बिहीबार बिहान अचानक स्वास्थ्य अवस्था गम्भीर बनेपछि उनलाई झापाको बिएण्डसी अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो। उनी केही दिनदेखि अस्वस्थ थिए । श्वासप्रश्वासमा समस्या भएपछि जाँच गर्दा उनलाई निमोनिया पुष्टि भएको थियो ।

प्रतिकृया दिनुहोस्