News Portal

पछिल्लाे २४ घण्टामा नेपालमा थप १०४४ जनामा कोरोना पुष्टि,११ जनाकाे मृत्यु

रातोपोस्ट संवाददाता
८५७ पटक

काठमाडाै, २६ मंसिर। पछिल्लाे २४ घण्टामा  नेपालमा थप एक हजार ४४  जनामा  कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएकाे छ भने ११ जनाकाे मृत्यु भएकाे छ। याे सँगै नेपालमा कुल संक्रमितकाे संख्या २ लाख ४६ हजार ६ सय ९४  पुगेको छ भने मृतककाे संख्या  १६ सय ७४  पुगेकाे  स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

त्यस्तै आज  १२७१ जनाले कोरोना जितेर डिस्चार्ज भएको र याे सँगै काेराेना जित्नेहरूकाे कुल संख्या २ लाख ३२ हजार ८ सय ७२  पुगेको छ । मन्त्रालयका अनुसार निको हुनेको दर ९४.२ प्रतिशत हो।  सक्रिय संक्रमितकाे संख्या देशभर   १२ हजार १४८ रहेकाे  छ।

प्रतिकृया दिनुहोस्