News Portal

संघीयतालाई कसैले समाप्त पार्न सक्दैनः मुख्यमन्त्री राई

रातोपोस्ट संवाददाता
७४० पटक

विराटनगर, ३० मंसिर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले नेपाली जनताको त्याग, बलिदान एवं संघर्षपछि आएको संघीयतालाई कसैले समाप्त पार्न नसक्ने बताएका छन्।

विराटनगर महानगरपालिका–१४ मा निमार्ण हुन लागेको प्रदेश जनस्वाथ्य प्रयोगशालाको मंगलबार शिलान्यास गर्दै उनले लोकतन्त्र र सङ्घीयतामा नागरिकले विकास निर्माणको अनुभूति गर्न पाएको र प्रयोगशाला निर्माण त्यसको उपहार भएको बताएका हुन्। मुख्यमन्त्री राईले सङ्घीयताका कारण सिंहदरबारको अधिकार जनताले आफ्नो घरआँगनमा अनुभूति गर्न पाएका छन् भन्दै विगत तीन वर्षको अवधिमा संघीय, प्रदेश र स्थानीय सरकारले विकास निर्माणमा जनसहभागितालाई जोडेको बताए।

उनले केही मानिस सडकमा आएर संघीयताको विरोध गर्दै अर्को विकल्प चाहियो भन्छन् तर आफू सत्तामा हुुँदा वा आफ्नो पालाको सरकारले देश र जनताका लागि के काम गरे भन्ने कुरामा आत्मचिन्तन गर्नुपर्नेमा जोड दिँदै गणतन्त्रको विकल्प राजतन्त्र कदापि हुन नसक्ने बताए। “नेपाली जनतामा स‌ंघीयता स्थापित भइसकेकाले अर्को व्यवस्था अब सम्भव छैन”, उनले भने,“आमनागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा पुर्‍याउनु सरकारको दायित्व हो।”

प्रतिकृया दिनुहोस्