News Portal

राष्ट्रियसभाको हिउँदे अधिवेशन शुरु

रातोपोस्ट संवाददाता
४०४ पटक

काठमाडौं, १७ पौष । सङ्घीय संसद्को माथिल्लो सदन राष्ट्रियसभाको हिउँदे अधिवेशन शुरु भएको छ।

संवैधानिक व्यवस्था अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त अधिवेशन अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा अपराह्न ४:०० बजे बस्ने गरी आह्वान गरेकी थिइन्।

राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र सभाध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पढेर सुनाएका थिए।

अध्यक्ष तिमिल्सिनाबाट जारी भएको राष्ट्रियसभाका समिति गठनसम्बन्धी आदेश, २०७७ सभाबाट अनुमोदनका लागि पेश हुने कार्यसूची छ।

प्रतिकृया दिनुहोस्