News Portal

राप्रपा मेचीनगरको अध्यक्षमा सविना बजगाई चयन

रातोपोस्ट संवाददाता
१०८४ पटक

झापा , चैत ७ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मेचीनगरको शुक्रबार सम्पन्न एकताको अधिवेशनबाट सबिना बजगाईंको अध्यक्षतामा २० सदस्यीय नगर समिति चयन गरेको छ । मेचीनगर‐६ काँकरभिट्टा स्थित काँकरभिट्टा खानेपानी तथा सरसफाई संस्थामा आयोजित एकताको अधिवेशनबाट आगमी कार्यकालका लागि बजगाईंको अध्यक्षतामा २० सदस्यीय नगर समिति चयन गरिएको छ ।

सदस्यहरुमा राजन प्रसाईं, युवराज प्रसाईं, गंगाराम खरेल, डम्बरप्रसाद भण्डारी, राजेन्द्र बुढाथोकी, दिवाकर काफ्ले, भवानीप्रसाद गुरागाईं, सुनिता शर्मा चयन भएका छन् । त्यस्तै अन्य सदस्यहरुमा दिपेश राई ( गोरे भाई), चन्द्र निरौला, रुद्र रिजाल, शेखर बस्नेत, कणर्बहादुर थापा, खड्गबहादुर कार्की, अम्बरबहादुर थापा, कुमार भुजेल, शेरबहादुर भण्डारी र देवी आचार्य चयन भएको निर्वाचन समिति संयोजक भवानी राजवंशीले बताए ।

२५ सदस्यीय रहने नगरसमितिमा ५ जना पछि चयन गरिने निणर्य भएको निर्वाचन समिति सदस्य टंक कटुवालले जानकारी दिए ।  यस अघि राप्रपा नेपालको एकताको अधिवेशनको उद्घाटन गर्दै प्रमुख अतिथि राप्रपा नेपालका महामन्त्री एवम् सांसद राजेन्द्र लिङ्देनले गरेका थिए । कार्यक्रमको उद्घाटन गर्दै महामन्त्री लिङ्देनले अन्य पार्टीहरु फुटि रहेको बर्तमान अवस्थामा राप्रपाका शक्तिहरु एकिरण हुनु सुखद पक्ष भएको बताएका थिए ।

कार्यक्रममा प्रमुख अतिथि लिङ्देन, राष्ट्रिय प्रजातन्त्र महिला संघ झापा अध्यक्ष राधा कार्की, पार्टी जिल्ला अध्यक्ष अमर विष्ट, केन्द्रीय सदस्य रोशन कार्की, भक्ति सिटौला, सञ्चारकर्मी जीएन् शर्मालगायतले मन्तब्य राखेका थिए । राप्रपा नेपाल मेचीनगर समितिका सचिव चन्द्र निरौलाको सञ्चालन र स्वागत उपाध्यक्ष सुनिता शर्मा र अध्यक्षता अध्यक्ष शुसिल आचार्यले गरेका थिए ।

प्रतिकृया दिनुहोस्