News Portal

उद्योग वाणिज्य संघले गर्यो २ जना पत्रकारलाई सम्मान

रातोपोस्ट संवाददाता
४३९ पटक

झापा, ७ चैत । बिर्तामोड उद्योग वाणिज्य संघले झापाका दुई जना पत्रकारलाई सम्मान गरेको छ । बिर्तामोड उद्योग वाणिज्य संघको सभा हलमा शुक्रबार आयोजित सपथ ग्रहण तथा पद हस्तान्तरण कार्यक्रममा पत्रकारद्वय इन्दू पूर्वेली र सन्तोष न्यौपानेलाई सम्मान गरिएको हो ।

पत्रकारिताको माध्यमद्वारा संघको गतिविधीलाई आम नागरिकमा पुर्याउन निर्वाह गरेको भूमिकाको उच्च कदर गर्दै उनीहरुलाई सम्मान गरिएको हो । पूर्वेली नेपाल प्रेस युनियन झापाकी अध्यक्ष तथा जनआन्दोलन साप्ताहिककी सम्पादक हुन् भने न्यौपाने एभीन्युज टेलिभिजनका झापा संवाददाता र साझा अनलाइन खवरका सम्पादक हुन् ।

बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराईको अध्यक्षता तथा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा उनीहरुलाई जनही नगद ११ हजार रुपैयाँसहित दोसल्ला र सम्मान पत्र प्रदान गरिएको थियो ।

प्रतिकृया दिनुहोस्