News Portal

काँकरभिट्टा खानेपानीमा संयुक्त गठबन्धनबाट अध्यक्षमा पराजुली उम्मेद्वारी दर्ता

रातोपोस्ट संवाददाता
९७२ पटक

मेचीनगर, १२ चैत । काँकरभिट्टा खानेपानी तथा सरसफाइ संस्थाको आगामी चैत २१ गते हुने निर्वाचनका लागि दलहरुले प्यानल खडा गरेर विहीबार उम्मेद्वारी दर्ता गराएका छन् । संस्थाको ९ जना कार्यसमिति र ३ जना लेखा समितिसहित १२ पदका लागि ३३ जनाले उम्मेद्वारी दर्ता गराएका हुन । अध्यक्ष पदमा ४ जनाको उम्मेद्वारी परेको छ । लोकतान्त्रीक प्यानलबाट अध्यक्ष पदमा हर्कबहादुर लिम्बू फ्याक, नेकपा एमाले र राप्रपाको संयुक्त प्यानलबाट राजकुमार पराजुलीको उम्मेद्वारी छ भने संघिय लोकतान्त्रीक राष्ट्रिय मञ्चले अध्यक्षमा लिलानाथ आङदेम्वेलाई अघि सारेको छ । त्यसैगरी स्वतन्त्र उम्मेद्वारीको रुपमा गणेशकुमार खरेलले अध्यक्ष पदमा उम्मेद्वारी दिएका छन् ।

संयुक्त गठबन्धनका तर्फबाट अध्यक्ष पदमा राजकुमार पराजुलीले उम्मेद्वारी दिएका छन् । गठवन्धनका तर्फबाट उपाध्यक्ष पदमा गोबिन्द गिरी, सचिवमा चन्द्रप्रसाद निरौला र कोषाध्यक्षमा हेमा सिटौलाले उमेद्वारी दिएका छन् । त्यस्तै खुल्ला महिला सदस्य पदमा दुर्गादेवी भेटवाल, मिनमाया लिम्बू सुब्बा, सदस्यहरुमा रविन राउत, प्रितम काफ्ले र नारायण काफ्ले छन् । लेखा समिति संयोजकमा जीवन थापा तथा सदस्यहरुमा सीता राई र टोलबहादुर सुनार ‘नारायण’ उम्मेद्वारी दिएका छन् ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली समुहका अध्यक्षका उम्मेद्वार पराजुली काँकरभिट्टा खानेपानीका बर्तमान सचिव हुन । उपाध्यक्षका उम्मेद्वर गिरी र कोषाध्यक्षका उम्मेद्वार सिटौला एमाले माधव नेपाल समुहका हुन भने सचिवका उम्मेद्वार निरौला राप्रपाका हुन । खानेपानी संस्थाको आगामी तीनवर्षे कार्यकालका लागि ९ जनाको कार्यसमिति र ३ जनाको लेखा समिति सदस्य पदमा ३३ जनाको उम्मेद्वारी परेको निर्वाचन समितिका संयोजक लक्ष्मीप्रसाद उप्रेतीले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्