News Portal

आफैँले लगाएको डढेलोमा परी एकको मृत्यु

रातोपोस्ट संवाददाता
७३७ पटक

धादिङ, १४ चैत । नेत्रावती डबजोङ गाउँपालिकाको धाराधिरीस्थित गुइसामा आगोले जलेर एक जनाको मृत्यु भएको छ।

बारीमा आगो लगाउने क्रममा बारी छेउको जङ्गलको आगोले जलेर नेत्रावती गाउँपालिका धाराधिरीका ६५ वर्षीय मानबहादुर तामाङ (मजरुम मम्बा)को मृत्यु भएको छिमेकी सिर्जा लामाले जानकारी दिए।

आफ्नै बारीमा आगो लगाउने क्रममा आगोले जलेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक महेन्द्र खड्काले बताए। शुक्रवार भएको घटनामा गाउँलेले पोलिएको अवस्थामा शनिवार मात्र मनबहादुरको शव फेला पारेका थिए।

प्रतिकृया दिनुहोस्