News Portal

दुवागढिमा तेक्वान्दो डोजाङ्गका खेलाडीहरुलाई प्रमाण पत्र वितरण

रातोपोस्ट संवाददाता
९७८ पटक

झापा, १४ चैत । झापाकाे मेचीनगरपालिका वडा नम्बर- १४ स्थित दुवागढिमा तेक्वान्दो खेलाडीहरुलाई प्रमाण पत्र वितरण गरिएकाे छ । आज एक कार्यक्रमका विच दुहागदी तेक्वान्दो डोजाङ्गका १३० जना खेलाडीहरुलाई प्रमाण पत्र वितरण गरिएकाे हाे ।

कार्यक्रमा झापा क्षेत्र न १ का माननीय सांसद राम कार्की ( पार्थ)काे प्रमुख आतिथित्मा खेलाडीहरुलाई प्रमाण पत्र वितरण गरिएकाे थियाे । ३ महिनाकाे तालिम पछि खेलाडीहरुलाई प्रमाण पत्र वितरण गरिएकाे हाे ।

कार्यक्रममा अन्य अतिथिहरुमा अधिवक्ता विराज थापा , शिबु बुढाथोकी, खगेन्द्र सिग्देल, खगेन्द्र ढुगांना, जेविन रिमाल, खेम पोखरेल र दिपक भुजेल रहेका थिए । कार्यक्रमकाे अध्यक्षता गुणरत्न थापाले गरेका थिए भने सन्चालन बाबुलाल सुब्बाले गरेका थिए । कार्यक्रममा समाजसेवी एवं कुसल ब्यावसायी प्रकाश न्यौपानेले दुहागदी तेक्वान्दो डोजाङ्गलाई दश हजार रुपैया बराबरको खेल सामाग्री उपलब्ध गराएका थिए ।

प्रतिकृया दिनुहोस्