News Portal

प्रदेश–१ माओवादी केन्द्र संसदीय दलमा आङ्वो चयन

रातोपोस्ट संवाददाता
६४५ पटक

विराटनगर, १६ चैत । नेकपा माओवादी केन्द्र प्रदेश–१ को संसदीय दलको नेतामा इन्द्र आङ्वोलाई चयन गरिएको छ। सोमबार बसेको संसदीय दलको बैठकले आङ्वोलाई नेतामा चयन गरेको हो। बैठकले उपनेतामा रामकुमार राई, प्रमुख सचेतकमा झलकसिंह दर्लामी र सचेतकमा शौभाग्यवति देवी राईलाई चयन गरेको छ।

बैठकले माओवादी केन्द्र छाडेर एमाले प्रवेश गरेका माओवादी दलका नेता टंक आङबुहाङलाई कारबाही गर्ने निर्णय पनि गरेको छ। उनको कारबाहीका लागि स्पष्टीकरण सोध्ने निर्णय गरेको माओवादी केन्द्रले जनाएको छ। एमाले र माओवादी केन्द्र एकीकरणपूर्व दलको नेता बनेका आङवुहाङ एमालेमा प्रवेश गरेपछि माओवादी केन्द्र नेताविहिन भएको थियो। आङवुहाङ अहिले आर्थिक मामिला तथा कानुन मन्त्रीमा नियुक्त भएका छन्। सो मन्त्रालयको नेतृत्व यसअघि आङ्वोले गरेका थिए।

प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गर्ने निर्णयपछि आङ्वोले मुख्यमन्त्री शेरधन राईको विरुद्धमा अविश्वास प्रस्तावका लागि हस्ताक्षर संकलन चलाएको आरोपमा मन्त्रीपदबाट पुस ११ गते बर्खास्त गरिएको थियो। प्रदेश १ मा माओवादी केन्द्रका १६ जना सांसद छन्।

प्रतिकृया दिनुहोस्