News Portal

काठमाडौँबाट बिएण्डसी अस्पताल ल्याइएका कोरोना संक्रमितको मृत्यु

रातोपोस्ट संवाददाता
९४१ पटक

झापा, २१ बैशाख । काठमाडौँबाट ६ दिन अघि उपचारका लागि झापाको बिएण्डसी अस्पताल ल्याइएका कोरोना संक्रमित बृद्धको मृत्यु भएको छ। काठमाडौँमा भ्यान्टिलेटरसहितको बेड नपाएपछि ६ दिन अघि ती बृद्धलाई उपचारका लागि बिएण्डसी अस्पताल ल्याइएको थियो।

वैशाख १५ गते हेलिकप्टरबाट बिएण्डसी अस्पताल बिर्तामोड ल्याइएका झापा शिवसताक्षी नगरपालिका- ८ का ७० वर्षीय नरप्रसाद उप्रेतीको मृत्यु भएको हो।

मृतकका परिवार सदस्यका अनुसार उनको सोमबार साँझ मृत्यु भएको हो।  योसँगै कोरोना संक्रमणबाट झापामा मृत्यु हुनेको सँख्या १३६ पुगेको छ ।

 

प्रतिकृया दिनुहोस्