News Portal

आज विश्‍व रेडक्रस दिवस

रातोपोस्ट संवाददाता
५३२ पटक

काठमाडौं, २५ वैशाख । प्रत्येक वर्ष मे ८ तारिखका दिन विश्‍वभर मनाइने विश्‍व रेडक्रस दिवस नेपालमा पनि विभिन्‍न भर्चुअल कार्यक्रमहरु गरी मनाइँदैछ । यस अवसरमा नेपाल रेडक्रस सोसाइटीले चेतनामूलक र्‍याली, विभिन्‍न प्रतियोगिता तथा विभिन्‍न विपद्‍का सन्दर्भमा विभिन्‍न सहयोगी महानुभावलाई सम्मान तथा रक्तदान कार्यक्रमको आयोजना गर्दै आएकोमा यस वर्ष कोरोना महामारीको दोस्रो लहरको भयावह अवस्था र त्यसले निम्त्याएको निषेधाज्ञाका कारण भर्चुअल कार्यक्रम मात्र गरिने छ ।

रेडक्रसको अन्तराष्ट्रिय समिति, रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको अन्तर्रा्ष्ट्रिय महासङ्घ र विश्वका १९० मुलुकमा सङ्गठित तथा क्रियाशील राष्ट्रिय सोसाइटी रेडक्रस अभियानका धरोहर भएको नेपालका रेडक्रस अभियान्ताहरुले बताउँदै आएका छन् ।

रेडक्रसका संस्थापक जाँ हेनरी ड्युनाको जन्मदिन मे ८ को अवसर पारेर विश्वभर विभिन्न सेवामूलक कार्यक्रम गरी विश्व रेडक्रस दिवस मनाउने परम्परा छ । रेडक्रसले युद्ध, प्राकृतिक विपत्ति, विकास र शान्ति सबै परिस्थितिमा विगत १५४ वर्षदेखि सेवामा पुर्‍याउँदै आएको छ ।

प्रतिकृया दिनुहोस्