News Portal

सांसद राम कार्कीलाई कोरोना संक्रमण पुष्टी

रातोपोस्ट संवाददाता
७३४ पटक

झापा, २५ बैशाख । झापा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य राम कार्कीलाई कोरोना संक्रमण पुष्टी भएको छ ।

सांसद कार्कीले विहीबार मेचीनगर नगरपालिकामा पीसीआर परीक्षण गराएका थिए । पीसीआर परीक्षणको रिपोर्ट शनिबार पोजेटिभ आएको हो ।

सांसद कार्कीले कोरोना संक्रमण भएको बताए । सांसद कार्कीले भने–‘ तर, मलाई त्यस्तो समस्या केहिपनि छैन ।’

उनका अनुसार सामान्य जिउ दुःख्ने मात्र भएको छ, बाँकी सब ठिक छ । तर, सामाजिक सञ्जालले झन विरामी पारिदेला भन्ने समस्या छ । उहाँ एक हप्तादेखि मेचीनगर–९ स्थित घरैमा छन ।

प्रतिकृया दिनुहोस्