News Portal

कोरोनाका कारण मेचीनगरमा थप १ जनाको मृत्यु

रातोपोस्ट संवाददाता
६४१ पटक

झापा, वैशाख २६ । कोरोना संक्रमणकाबाट झापा मेचीनगर नगरपालिकामा आज बिहानै १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मेचीनगर -६ काकरभिट्टाका ६० बर्षिय पुरुष रहेको मेचीनगर ६ का वडा अध्यक्ष ललित बहादुर तामाङले बताए ।

वैशाख २४ गतेको पिसिआर परिक्षणमा संक्रमण पुष्टी भए पछि बिराटनगरस्थीत नोबेल अस्पतालमा उपचार गरेका उनको आज बिहान मृत्यु भएको वडा अध्यक्ष तामाङले जानकारी । योसंगै मेचीनगरमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३ पुगेको छ । कोरोनाका कारण मृत्यु हुने ३ जना मेचीनगर ६ कै रहेका छन ।

कोरोनाको दोस्रो लहर शुरु भएता झापामा मृत्यु हुनेको संख्या २० पुगेको जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

प्रतिकृया दिनुहोस्