News Portal

त्रिपुरासुन्दरीका मेयर बुढाको कोरोना संक्रमणबाट निधन

रातोपोस्ट संवाददाता
३५८ पटक

रुकुम, २६ ब‌‌ैशाख । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाका प्रमुख ओमबहादुर बुढाको कोरोना संक्रमणबाट निधन भएको छ ।

कामको सिलसिलामा वैशाख पहिलो हप्ता काठमाडौं गएका ७६ वर्षीय बुढाको शनिबार काठमाडौंमै मृत्यु भएको उपप्रमुख चन्द्रकुमारी बुढाले बताइन् । केही व्यक्तिगत र केही कार्यालयको कामका लागि भनेर मेयर काठमाडौं गएको उनको भनाइ छ । काठमाडौंमा उपचारकै क्रममा मेयर बुढाको मृत्यु भएको हो ।
केही दिन पहिला स्वास्थ्यमा समस्या आएका बुढामा पछि भने कोरोना संक्रमण पुष्टि भएको बताइएको छ ।

प्रतिकृया दिनुहोस्