News Portal

बर्दघाटमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु

रातोपोस्ट संवाददाता
३८२ पटक

नवलपरासी, ५ जेठ । पूर्व–पश्चिम राजमार्गको बर्दघाट–दाउन्ने सडकखण्डमा बस दुर्घटनामा चारजनाको मृत्यु भएको छ।

दुर्घटनामा परी घाइते भएकाहरुलाई उद्धार गरिएका घाइतेलाई चिसापानी अस्पतालमा पठाइएको इलाका प्रहरी कार्यालय बर्दघाटका प्रहरी निरीक्षक कपिल वाग्लेले जानकारी दिए।

काठमाण्डौबाट रुकुम जाँदै गरेको ना ५ ख २७१३ नम्बरको बस बर्दघाट खुर्सानी खोला नजिकै दुर्घटनामा परेको हो। उद्धार कार्य चलिरहेकाले बिस्तृत विवरण आउने बाँकी रहेको प्रहरी निरीक्षक वाग्लेले बताए।

प्रतिकृया दिनुहोस्