News Portal

तनहुँमा पहिरोमा परी दुईजनाको मृत्यु, तीन घाइते

रातोपोस्ट संवाददाता
६४० पटक

तनहुँ, १७ असार । बन्दीपुर गाउँपालिका–३ तामुङमा पहिरोले पुरिएर दुई जनाको मृत्यु भएको छ। पहिरोमा परी एक गम्भीरसहित तीन जना घाइते भएको प्रहरीले जनाएको छ। पहिरोबाट तामुङका करिब ३० वर्षीया सरस्वती थापा र ७० वर्षीया हरिमाया बसेलको निधन भएको हो।

उनीहरूको घटनास्थलमै मृत्यु भएको वडासदस्य हर्कबहादुर थापाले जानकारी दिए। सरस्वतीका ससुरा दिलबहादुर मगर, सासू दाउरीमाया मगर र देवर सुवास थापा घाइते भएका छन्। पहिरोका कारण चार घर जोखिममा रहेको उनले बताए।

पहिरोमा पुरिएर घाइते भएकामध्ये एक जनाको अवस्था गम्भीर रहेको उनले बताए। घर माथिबाट खसेको पहिरोले घर पुरेको गाउँपालिकाका उपप्रमुख करुणा गुरुङले बताइन्।

प्रतिकृया दिनुहोस्