News Portal

झापामा साउन १४ गतेसम्मलाई निषेधाज्ञा थपियो

रातोपोस्ट संवाददाता
८८१ पटक

झापा, ७ साउन । झापामा निषेधाज्ञालाई अझ खुकुलो बनाइएको छ । जिल्ला प्रशासन कार्यालय झापामा डिसीसीएमसीको आज बसेको बैठकले निषेधाज्ञालाई खुकुलो बनाउँदै लामो दुरीका सार्वजनिक यातायातका साधन संचालन गर्न दिने निर्णय गरेको छ ।

त्यस्तै पसल बजार बेलुका ५ बजेसम्म संचालन हुँदै आएकोमा अब साँझ ७ बजेसम्म संचालन गर्न पाउने निर्णय गरिएको छ ।

अन्य निर्णय यथावत राखिएको उनले जानकारी दिए । निषेधाज्ञालाई साउन १४ गतेसम्म बढाइएको समेत उनले बताए ।

प्रतिकृया दिनुहोस्