News Portal

विप्लव नेकपाका नेता मगर २३ महिनापछि रिहा

रातोपोस्ट संवाददाता
६६० पटक

झापा, ७ साउन । नेत्र विक्रम चन्द “विप्लव ” नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी झापाका तत्कालीन जिल्ला सदस्य एवम्, युवा संगठन नेपाल झापाका तत्कालीन जिल्ला सचिव अनुल सारू मगर २३ महिनाकाे जेल जीवन पश्चात् आज रिहा भएका छन् ।

रिहा पश्चात् मगरलाई जिल्ला नेताहरूले अदालत परिसरमै खदा र अबिर लगाएर भव्य स्वागत गरेका थिए । मगरलाई जिल्ला सचिब प्रशान्त, जिल्ला कार्यालय सचिव श्रीजंग, जिल्ला सदस्य जितु, सुमनलगायतका जिल्ला नेता तथा कार्यकर्ताले भव्य स्वागत गरेका थिए। पार्टी प्रतिबन्धकाे समयमा २०७६ भाद्र ३० गते झापाको विर्तामोडबाट प्रहरीले पार्टीका तत्कालीन जिल्ला सचिव प्रविण मिश्र , जिल्ला सदस्य टीका पाेख्रेल सहित अनुललाई प्रदेश १ काे कार्यालयबाट खटेकाे प्रहरी टाेली र जिल्ला प्रहरी कार्यालयबाट खटेकाे टाेलिले पक्राउ गरेको थियोे ।

पक्राउ परेका नेता कार्यकर्तालाई बम विष्फोट, सांगठनिक अपराध, हातहतियार लगायतका मुद्दा लगाइएको थियोे । टीका पाेख्रेल र प्रविण मिश्र यसअघि नै धराैटि बुझाएर रिहा भैसकेका थिए, भने मगरले आज जिल्ला अदालत झापामा ५० हजार धराैटी बुझाए पश्चात् रिहाइ भएका हुन्। मगरलाई सम्मानित जिल्ला अदालत झापाले विष्फोटक पदार्थ सम्बन्धि मुद्दामा २०७६ /११/२८ काे आदेशले ५० हजार धरौटी माग गरेको थियोे ।

उक्त धरौटी रकम नतिरेपछि उनी कारागार चलान भएका थिए ।योसँगै झापा कारागारमा अब नेपाल कम्युनिस्ट पार्टीका कुनै पनि कार्यकर्ता नरहेको प्रशासनले जनाएको छ।

प्रतिकृया दिनुहोस्