News Portal

झापामा बिहीवार ३ सय ६ जनामा कोरोना पुष्टि, ६ को मृत्यु

रातोपोस्ट संवाददाता
७०३ पटक

झापा, ७ साउन । झापामा बिहीवार थप ३ सय ६ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य कार्यालय झापाका अनुसार थप ६ जना संक्रमितकाे मृत्यु भएकाे छ ।

योसँगै झापामा कोरोना संक्रमणका कारण मृत्यु हुनेकाे संख्या ४१७ पुगेको छ । स्वास्थ्य कार्यालय झापाका अनुसार सबैभन्दा धेरै दमकमा ६८ जनामा कोरोना पुष्टि भएको छ ।

जिल्लामा हालसम्म १६ हजार ४ सय ५५ जनामा कोभिड पुष्टि भएको छ भने १४ हजार ३ सय ६९ जना डिस्चार्ज भइसकेका छन् । बिहीवार २०२ जना डिस्चार्ज भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

प्रतिकृया दिनुहोस्