News Portal

भैरहवा भन्सार कार्यालयमा केमिकल बोकेको ट्रकमा आगलागी

रातोपोस्ट संवाददाता
४७१ पटक

बुटवल, २९ साउन । भैरहवा भन्सार कार्यालयमा रोकेर राखेको मालवाहक ट्रकमा आगलागी भएको छ ।भन्सार पास गरेर रोकिरहेको यु पि १३ विपी ९०८६ नम्बरको ट्रकमा आज बिहान करिब ८ बजे आगलागी भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

भारतबाट टाक बनाउनको लागि चाहिने केमिकल लिएर आएको थियो । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता सत्यनारायण थापाले सिद्धार्थ नगर नगर पालिकाको दमकलद्वारा आगो निभाएको बताए ।

आगलागीबाट ट्रकका केही भागमा क्षति भएको छ । भने, सामानहरु सबै जलेर नष्ट भएका छन् । आगोको कारणले खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्