News Portal

झापा ल्याएकाे विरामी उपचारकालागि पाँचथर लगियाे

रातोपोस्ट संवाददाता
५६४ पटक

पाँचथर, ३० साउन । पूर्वी पहाडी जिल्लामा सामान्य किसिमको स्वास्थ्य उपचार हुने भएकाले गम्भीर प्रकृतिका विरामीलाई तराईको मंहगा अस्पताल लैजानु पर्ने बाध्यता छ । त्यसो त यहि उपचार हुने विरामीहरु पनि तराई सुविधासम्पन्न अस्पताल पुग्ने चलनै देखिन्छ ।तर यो पल्ट भने गजबकै सन्जोक भएको छ । कोभीडको उपचार गर्न झापा पुगेका विरामी पाँचथर अस्पताल आएका छन् ।

इलामको देउमाई नगरपालीकाका दुर्गा बहादुर श्रेष्ठ झापाको विर्तामोडमा रहेको विएण्डसि अस्पतालमा उपचाररत रहदा रहदै पाँचथर आए । कोरोना भाईसरको संक्रमण देखिएपछि विएण्डसिमा उपचार गराउन थालेका उनी खर्च धेरै हुने देखेर पाँचथर आएर उपचार गराएको बताउँछन् ।विएण्डसिमा कोरोना परिक्षण गर्दा पोजेटिभ देखाएको थियो । दुई दिन विएण्डसिमा उपचार गराएपछि सरल शुल्कमा कहाँ उपचार हुने हो भनेर खोजी गर्दा पाँचथर आईपुगेको बताउँछन् श्रेष्ठ ।

ज्वरो आएर घरमा दुई दिन सुते । चेकजाँचका लागि इलाम अस्पताल गएको थिए । एक्सरे गरेर झापा रिफर गरिदियो । विएण्डसी गएर उपचार गराए । परिक्षण गर्दा कोरोना पोजेटिभ देखियो । दुई दिन उपचार गराए । डेढ लाख खर्च भयो । खर्चले धान्न नसक्ने भएपछि पाँचथर अस्पताल आएको थिए’ श्रेष्ठले भने ‘सात दिन पाँचथर अस्पतालमा उपचार गराएर घर फर्किएको छु । पाँचथर अस्पतालमा खासै खर्च भएन ।’विएण्डसि पुगेका उनी एम्बुलेन्समा पाँचथर आएका थिए । इलामले सुरुमै रिफर गरेकाले त्यहाँ ननिस्की पाँचथर आएको उनले सुनाए । थोरै विरामी भएर हो कि स्वास्थ्यकर्मीले राम्रो हेरचार गरेको अनुभव भएको उनले सुनाए ।

पूर्वी पहाडका विरामीहरु उपचारका लागि झापा लगायतका तराईका जिल्लाका जानुपर्ने बाध्यता छ । तर विर्तामोडको सुविधासम्पन्न अस्पतालबाट श्रेष्ठ पाँचथर अस्पताल आए । उनी जस्तै कोभिडको उपचारका लागि देउमाई नगरपालीकाकै आशा विर राई इलाम अस्पताल पुगेका थिए । उनलाई झापा रिफर गरीएको थियो । तर उनी झापा नभई पाँचथर अस्पताल आएर उपचार गराई रहेछन् । झापा जादा खर्च बढि हुने भएकाले उनी पाँचथर आएका बताउँछन् ।

इलामको देउमाईका श्रेष्ठका तीन आफन्तले पाँचथर अस्पताल आएर उपचार गराएका छन् । तीनै जना आफन्तको पाँचथर अस्पताल ल्याएर उपचार गराएको कुरुवा अनिल श्रेष्ठले जानकारी दिए । दुई जना डिसचार्ज भएको र एकजना बाँकि रहेको उनले बताए । उपचार खर्चका कारण यहाँ ल्याउनु परेको उनीहरुको भनाई छ । पाँचथर अस्पताल १५ शैय्या स्वीकृत अस्पताल हो भने इलाम ५० शैयाको हो । यहाँ एचडियुमा कोरोना संक्रमितको उपचार हुने गरेको छन् । लेभल दुईको उपचार यहाँ हुने पाँचथर अस्पतालको मेडीकल सुपरिटेण्डेन डा. वुद्धि बहादुर थापाले जानकारी दिए । ‘हामी एचडियुमा कोरोना संक्रमित २० जनाको उपचार गर्न सक्छौँ । लेभल तीनका विरामी भने रेफर गर्नु पर्छ’ थापाले भने ‘सकेसम्म राम्रो गर्ने प्रयास गरिरहेका छौँ ।’

उपलब्ध सुविधाको आधारमा उपचार गरीदै आईएको हेल्थ असिस्टेन सोमनाथ दंगालले बताए । कोरोना भाईरसको दोश्रा लहर चलेपछि कोभिड अस्पताल पाँचथरमा २ सय २१ जनाको जना भर्ना भएका थिए । यि मध्ये १४ जनाको अहिले उपचार भईरहेको छ । अस्थायी कोभिड अस्पताल पाँचथरमा १२ जनाको उपचारको क्रममा मृत्यु भएको छ ।

यो अस्पतालमा इलामका चार जना र तेह्थुमका दुई जनाले उपचार गराएका छन् । बाँकि पाँचथरकै अस्थायी र स्थायी बासिन्दाले उपचार गराएका छन् । जिल्लामा हालसम्म ३ हजार ६ सय ५५ जनामा पोजेटिभ देखिएको छ । यि मध्ये २ हजार ९ सय ८६ जना निको भएका छन् । सरकारी तथ्याङक अनुसार १८ जनाको मृत्यु भएको छ । यो तथ्याङ्कमा जिल्ला बाहिर मृत्यु भएका जिल्लाबासिको संख्या जोडिएको छैन् । अस्पतालमा अहिले १ सय थान अक्सीन सिलिण्डर, २५ कन्सन्ट्रेटर लगायका समाग्री अस्पतालमा जनस्वास्थ्य निरिक्षक उमेश शाहाले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्