News Portal

प्रधानमन्त्री देउवा र पारस खड्काबीच भेट

रातोपोस्ट संवाददाता
३३० पटक

काठमाडौं, ३० साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली क्रिकेट टिमका पूर्वकप्तान पारस खड्कासँग भेट गरेका छन् । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेट प्रधानमन्त्री देउवाले क्रिकेटको विकासमा सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।

देउवाले दुई दशमा नेपाली क्रिकेटले हासिल गरेका हरेक सफलता नेपालीले कहिल्यै नभुल्ने भन्दै ती रोमाञ्चक जीत र क्रिकेटमा झन् ठूलो सपना देख्न प्रेरित गरेकामा पारसलाई धन्यवाद दिएका छन् ।

देउवाले ट्वीटरमा लेखेका छन्, नेपाल र नेपालीको शीर उचो बनाउन जिन्दगीको दोस्रो इनिङमा पनि सफलता मिलोस् । सरकारको साथ र सहयोग सधैं रहनेछ

प्रतिकृया दिनुहोस्