News Portal

आजदेखि ११ औँ वर्ष पुरा गरी १२ औँ वर्षमा प्रवेश रेडियो सरगम

रातोपोस्ट संवाददाता
५४१ पटक

मेचीनगर,१५ असाेज । मेचीनगर–१०,धुलाबारीमा रहेको रेडियो सरगम ८८.८ मेगाहर्ज आज बाट १२ औँ वर्षमा प्रवेश गरेको छ । वि.सं.२०६७ साल असोज १५ गते झापाको पहिलो सामुदायिक रेडियोको रुपमा “सधैँ सबैका लागि ” भन्ने मुल नाराका साथ प्रसारण सुरु गरेको यस रेडियो सरगमले आज ११ वर्ष पुरा गरी १२ औँ वर्षमा प्रवेश गरेको छ ।

रेडियो सरगमले विभिन्न भाषा,जाति,धर्म र संस्कृतिको जर्गेना गर्दै “आवाज विहीनहरुको आवाज” बनेर अनेकौ अप्ठयाराहरु पार गर्दै निरन्तर आफ्नो लक्ष्य र उद्येश्यमा अगाडी बढिरहेको छ । विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय सम्मान र पुरस्कारबाट सम्मानित रेडियोले जनताको सूचना पाउने हक र अभिव्यक्ति स्वतन्त्रताको पक्षमा रहेर विभिन्न कार्यक्रम उत्पादन र प्रसारण गरिरहेको छ ।

रेडियो सरगम १२ औँ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा रेडियो सरगमका अध्यक्ष उमेश सुवेदी द्धारा सप्पुर्ण स्रोता ,बिज्ञापनदाता, शुभचिन्तक तथा कर्मचारीवर्गमा धन्यवाद दिदै उतरोउतर प्रगतिको शुभकामना व्यक्त गर्नुभएको छ । त्यसैगरि नेपाल पत्रकार महासघंका महासचिव साथै अग्रज पत्रकार चन्द्र भण्डारीले “रेडियोले आवाज विहिनहरुको आवान बन्न सकोस, झुपडी झुपडीमा पुग्न सकोस” भनि शुभकामना व्यक्त गर्नुभएको छ ।

विश्व भर माहामारीका रुपमा फैलिरहेको कोरोना भाइरस(कोभिड–१९)का सुरुवातका दिन देखि दैनिक जनचेतनामुलक कार्यक्रम उत्पादन र प्रसारण गरि धेरै आरोह र अवरोहहरु पार गर्दै समाचार,सुचना,आर्थिक, सामाजिक, सास्कृतिक,समसामयिक,दिगो शान्ति र संविधान निर्माण, शिक्षा,सार्वजनिक स्वास्थ्य, लैगिंक समता,वातावरण, दिगो विकास,स्वच्छ प्रतिस्पर्धा, साहित्य, लोक संगीत, मनोरञ्जनात्मक लगायत विविध विषयमा कार्यक्रमहरु प्रसारण गरिरहेको छ ।

प्रतिकृया दिनुहोस्