News Portal

एमाले मेचीनगर- ९ काे अध्यक्षमा पाैडेल र सचिवमा मेहरा

रातोपोस्ट संवाददाता
३२२ पटक

झापा, ७ कार्तिक । नेकपा एमालेको मेचीनगर- ९ काे वडा अध्यक्षमा कमलमणि पाैडेल चयन भएका छन । मेचीनगर- ९ धुलाबारीमा शनिबार भएको तेस्रो वडा सम्मेलनले पाैडेलकाे नेतृत्वमा ३१ सदस्यीय वडा समिति गठन गरेको हो ।

त्यसैगरसी समितिको सचिवमा सराेज मेहरा चयन भएका छन् । कार्यक्रममा नेकपा एमाले पार्टिका झापा जिल्ला इन्चार्ज रविन काेइरालाकाे प्रमुख आतिथ्यतामा भएकाे साे कार्यक्रममा विषेश अतिथि पार्टीका जिल्ला सदस्य रेनुका डाँगीकाे रहेकाे थियाे । राजन खड्काले सञ्चालन गरेकाे कार्यक्रममा स्वागत मन्तव्य धनकुमार श्रेष्ठले गरेका थिए भने कार्यक्रममा अध्यक्षता कमलमणि पाैडेलकाे रहेकाे थियाे ।

प्रतिकृया दिनुहोस्