News Portal

झापामा क्षेत्र नम्बर १ काे सभापतिमा बुढाथोकी जित सुनिश्चत

रातोपोस्ट संवाददाता
२७२ पटक

झापा, ६ मंसिर । झापामा क्षेत्र नम्बर १ काे क्षेत्रीय सभापतिमा इन्द्रबहादुर बुढाथोकीको जित सुनिश्चत भएको छ । आज ६ वजेर ३० मिनेट सम्मको मत परिणाम अनुसार बुढाथोकीको २९८ र उनका प्रतिस्पर्धी गोपाल तामाङको १२२ मत प्राप्त भएको छ ।

५५० मत गन्दा बुढाथोकीको २ सय ९८ आईरहदा उनका प्रतिस्पर्धी तामाङको १ सय २२ मत आएको हो । अहिले मत गणना जारी छ । सभापतिमा बुढाथोकीले तामाङ भन्दा १ सय ७६ मतको अन्तरले अघि रहेको जानकारी प्राप्त भएको छ । त्यस्तै, सचिवमा सुरेन्द्र बुढाथोकीको १ सय ९८ आईरहदा उनका प्रतिस्पर्धी गुणराज (राजन) भट्टराईको १ सय ८० मत आएको छ ।

यसैगरी सहसचिवमा खगेन्द्र गिरीको १ सय ७५ र दिपक काफ्लेको १ सय ४७ मत प्राप्त भएको छ । अब करिव ६० मत मात्र बाँकी रहेको सहायक निर्वाचन अधिकृत ज्ञानेन्द्र निरौलाले जानकारी दिए । क्षेत्रीय र महाधिवेशनको मतगणनाको नतिजा केहि घण्टा भित्रमा आउने उनले बताए । क्षेत्र नं. १ को अधिवेशनमा कुल ६ सय १७ जना क्षेत्रीय प्रतिनिधि मध्ये ६ सय १० जनाले मतदान गरेका थिए ।

प्रतिकृया दिनुहोस्