News Portal

झापा क्षेत्र नं १ को सभापतिमा बुढाथोकी निर्वाचित

रातोपोस्ट संवाददाता
२८४ पटक

झापा, ६ मंसिर । नेपाली कांग्रेस झापा क्षेत्र नं १ को सभापतिमा इन्द्रबहादुर बुढाथोकी विजयी भएका छन्।

झापा क्षेत्र नं १ को साेमबार सम्पन्न अधिवेशनमा बुढाथोकीले ४२१ मत प्राप्त गरी विजयी भएका हुन्।

उनका निकटतम प्रतिद्वन्द्वी गोपाल तामाङले १७५ मत प्राप्त गरे।

बुढाथोकी २४६ मतको अन्तरले विजयी भएकाे सहायक निर्वाचन अधिकृत ज्ञानेन्द्र निरौलाले जानकारी दिए । सभापतिमा बुढाथोकी निर्वाचित भएको घोषणा भने गर्न बाँकी रहेको छ ।

प्रतिकृया दिनुहोस्