News Portal

बिर्तामोडमा ‘मिट माउण्ट’

रातोपोस्ट संवाददाता
५०६ पटक

झापा, १५ पुस । करिब एक करोड रुपैयाँको लगानीमा झापाको बिर्तामोडमा ‘मिट माउण्ट’सञ्चालनमा आएको छ । स्वस्थ, स्वच्छ एवम् सर्वसुलभ दरमा माछा–मासु बिक्री वितरण गर्ने उद्देश्यले चार जना महिलाले मिट माउण्ट सञ्चालनमा ल्याएका हुन् ।

पूर्वको प्रमुख व्यापारिक केन्द्रका रुपमा विकास भइरहेको बिर्तामोडमा हालसम्म सुविधा सम्पन्न बधसाला नभएपछि स्वस्थ र स्वच्छ माछा मासु बिक्रीका लागि रेखा कार्की रिजाल, पल्मु शेर्पा निरौला, देवीकुमारी ढकाल र हिमा दंगालको संयुक्त लगानीमा मिट माउण्ट सञ्चालनमा आएको विहीवार बिर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गर्दै जानकारी गराइयो ।

भाउजु मिट मार्ट प्रा.लि.द्वारा सञ्चालित ‘मिट माउण्ट’ मा उपभोक्ताहरुको स्वास्थ्यलाई ध्यान दिँदै स्वस्थ्यकर माछा मासु विक्री गरिने पत्रकार सम्मेलनमा जानकारी दिइयो । आधुनिक प्रविधि र औजारको प्रयोग गरी स्वास्थ्य परीक्षण गरिएका र मासु शुद्धिकरण गरी उपभोक्तालाई प्रदान गरिने बताइएको छ ।मिट माउण्ट सञ्चालनका लागि नेपाल सरकारको मापदण्ड अनुरुप करिब आठ सय वर्ग फिटमा पशुपक्षी बधशाला र करिब १३०० वर्ग फिटलाई खण्डिकत गरी विभिन्न मासहरुको बिक्री कक्ष निर्माण गरिएको छ ।

उपभोक्ताहरुले खसी, भेँडा–च्याङ्ग्रा, बँदेल, टर्की, अष्ट्रिज, कुखुरा, बट्टाइ, हाँस, कुखुरा लगायत विभन्न प्रकारका माछा गरी १७ देखि २० प्रकारका माछा–मासु एउटै छातामुनी सहज रुपमा पाउने छन् । साथै, मिट माउण्टले जारी गर्ने ग्राहक कार्डका आधारमा विशेष छूट समेत प्राप्त गर्ने छन् । मिट माउण्टमा २१ जनाले प्रत्यक्ष रोजगारी समेत पाएका छन् ।अनौपचारिक रुपमा सञ्चालनमा आइसकेको मिट माउण्टको प्रदेश नं. १ का आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्कीले पुस १७ गते उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

प्रतिकृया दिनुहोस्