News Portal

रुखबाट लडेर एक जनाको मृत्यु

रातोपोस्ट संवाददाता
६७७ पटक

झापा, १५ माघ । इलामकाे रोङ गाउँपालिका- ६ दुधेमा रुखबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मेचीनगर नगरपालिका–३ गोलाटारका- ४२ वर्षीय मेघेन्द्र विक रहेका छन् ।

सोही स्थानकी पूजा देवानको बारीमा रहेको लामपात्तेको रुखको हाँगा झार्ने क्रममा सोही रुखबाट लडेर विक गम्भीर घाइते भएका थिए । उनको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचारका क्रममा मृत्यु जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिकृया दिनुहोस्