News Portal

काँकडभिट्टामा ब्राउन सुगरसहित एक जना पक्राउ

रातोपोस्ट संवाददाता
५५७ पटक

झापा, १७ माघ । झापाकाे मेचीनगर नगरपालिका- ६ स्थित काँकडभिट्टाबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मेचीनगर- ११ का २३ वर्षीय सेवन उराउ रहेका छन् ।

इलाका प्रहरी कार्यालय काँकडभिट्टा र लागु औषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आउँदै गरेका उराउलाई मेची पुलमा शङ्का लागि चेकजाँच गर्दा उनको साथबाट ६ ग्राम ब्राउन सुगर बरामद गरेको हो ।

ब्राउन सुगरसहित पक्राउ परेका उराउलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखिएको प्रहरीले बताएकाे छ ।

प्रतिकृया दिनुहोस्