News Portal

सुत्केरीका घरमै पुगेर पौष्टिक आहार वितरण गर्दै माओवादी केन्द्र

रातोपोस्ट संवाददाता
४०६ पटक

झापा, २३ माघ । नेकपा (माओवादी केन्द्र) मेचीनगर कमिटीले पूर्व घोषित पार्टीको कार्यक्रम अनुसार सुत्केरीलाई पौष्टिक आहार वितरण गर्न थालेको छ ।नेकपा माओवादी केन्द्र मेचीनगरले केही दिन अघि यो कार्यक्रम सार्वजनिक गरेको थियो । सुत्केरीहरुलाई पौष्टिक आहार उपलब्ध वितरण गर्ने कार्यक्रम अनुसार आज मेचीनगर ७ का ४ जना सुत्केरीलाई माओवादी केन्द्रले पौष्टिक खाद्य आहार उपलब्ध गराएको हो ।

माओवादी केन्द्र मेचीनगरका तर्फबाट आज मेचीनगर ७ की सुत्केरी तारा देवान (राजवंशी), मंगोली टुडू, शुष्मा राजवंशी र सपना लामिछानेलाई आज पौष्टिक खाद्यान्न हस्तान्तरण गरिएको केन्द्रका मेचीनगर अध्यक्ष राजन चिमरियाले बताए । माओवादी केन्द्र मेचीनगरले एक जना सुत्केरीलाई एक प्याकेट ल्याक्टोजिन, एक केजी ध्यु, आधा केजीको हर्लिक्स र २५० ग्राम मिठाई उपलब्ध गराएको सचिव घिमिरेले बताए । त्यस्तै नवजात शिशुको मुख हेरे बापत एक सय रुपैया नगद समेत उपलब्ध गराएको नगरका सहसचिव कृष्णकौशल सिटौलाले बताए ।

माओवादी केन्द्रले मेचीनगर ७ र १४ नम्बर वडाका सुत्केरी महिला र नवजात शिशुलाई पौष्टिक खाद्यन्न उपलब्ध गराउने कार्यक्रम रहेकाे छ । नगरका सचिव ज्ञानेन्द्र घिमिरेका अनुसार एक जना सुत्केरीलाई करीब दुई हजार ५ सय रुपैया बराबरको पौष्टिक खाद्यान्न उपलब्ध गराइएको छ । पहिलो चरणमा नगरका वडा नं ७ र १४ मा सुत्केरी पोषण कार्यक्रम लागु गरिएको भए पनि पार्टी अन्य वडाहरुमा समेत पनि यो कार्यक्रमलाई बिस्तार गर्ने योजना रहेको सचिव घिमिरेले बताए ।

सुत्केरी आहार पोषण बितरण कार्यक्रममा पार्टी नगर उपाध्यक्ष बद्रीनाथ फूयल, कोषाध्यक्ष दिनेश ओली, नगर सदस्य कुमार भट्टराई, होम प्रकाश आचार्य, पार्टीका युवा नेता खगेन्द्र सिग्देल, यातायात मजदूर संगठन जिल्ला अध्यक्ष हरि निरौला, वड़ा नं-६ अध्यक्ष मानबहादुर गिरी, वड़ा -७ का अध्यक्ष राम प्रसाद खतिवडा, सचिव भवनाथ दाहाल र रातो पोस्टका पत्रकार दिलीप थापा लगायतको उपस्थित रहेको थियो।

प्रतिकृया दिनुहोस्