News Portal

  • प्रेस चौतारीको राष्ट्रिय महाधिवेशन पाेखरामा भाेलिदेखि हुँदै

    रातोपोस्ट संवाददाता
    १०९ पटक

    पाेखरा, २६ फागुन । प्रेस चौतारी नेपालको नवाैं राष्ट्रिय महाधिवेशन शुक्रबारबाट पाेखरामा हुँदै छ । शनिबारसम्म चल्ने महाधिवेशनकाे पूर्वसन्ध्यामा आज केन्द्रीय सदस्य दर्ताकाे तालिका छ । दिउँसो २ बजे सचिवालय बैठक तथा अपराह्न ४ बजे केन्द्रीय कमिटी बैठक बस्ने भएकाे छ ।

    शुक्रबार बिहान ८ बजे प्रतिनिधि दर्ताको कार्यक्रम रहेकाे छ भने शुक्रबार बिहान ११ बजे महाधिवेशनको उद्घाटन हुनेछ । शुक्रबार दिउँसो ३ बजेबाट बन्दसत्र प्रारम्भ हुने प्रेस चौतारी नेपालले जनाएकाे छ ।

    २०५५ साल मंसिरमा स्थापना भएको प्रेस चौतारी नेपालको नवौं राष्ट्रिय महाधिवेशन पोखरामा हुन लागेकाे हाे । महाधिवेशनमा देशभरका झण्डै १ हजार २ सय पत्रकारको सहभागीता रहने आयोजकको भनाइ छ ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)