News Portal

मन्त्री आलेले भने– ‘ओलीको घमण्डलाई जनताले जवाफ दिन्छ’

रातोपोस्ट संवाददाता
४८६ पटक

काठमाडौँ, ५ चैत्र । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले अत्यधिक सिट जित्ने एमालेका अध्यक्ष केपीशर्मा ओलीको घमण्डलाई जनताले जवाफ दिने बताएका छन् ।

काठमाडौँमा आज भएको कार्यक्रममा मन्त्री आलेले आसन्न चुनावमा ६० प्रतिशत स्थानमा जित्ने घमण्ड नगर्न ओलीलाई चेतावनी दिएका हुन् ।

उनले महाभारतको दुर्याेधनको भन्दा पनि बढी घमण्ड ओलीमा देखिएको पनि टिप्पणी गरेका छन् । ओलीले आफ्नै अहंकारका कारण संघीय र प्रदेश सरकारहरू गुमाएको भन्दै अब फेरि घमण्ड गर्न उनले सुझाव पनि दिएका छन् ।

प्रतिकृया दिनुहोस्