News Portal

प्रधानमन्त्रीसँगै चार मन्त्री भारत भ्रमणमा जाने

रातोपोस्ट संवाददाता
३७१ पटक

काठमाडौँ, १७ चैत्र । मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण अनुमोदन गरेको छ। भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणमा प्रधानमन्त्री देउवा शुक्रबार भारतको औपचारिक भ्रमणमा जान लागेका हुन्।

शुक्रबारदेखि सुरु हुने भ्रमणमा प्रधानमन्त्री देउवासँगै परराष्ट्रमन्त्री डा. नारायण खड्का, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल, कृषि तथा पशुपन्छी विकासमन्त्री महिन्द्र राय यादव र स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा भारत भ्रमणमा जाने निर्णय भएको एक मन्त्रीले जानकारी दिए।

भ्रमणका क्रममा देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेट गर्ने कार्यक्रम छ। सो अवसरमा आपसी सहयोग र समझदारीका विषयमा छलफल हुने बताइएको छ। साथै, बैठकले भ्रमणदलमा जाने टोलीको समेत अनुमोदन गरेको छ। भारत भ्रमणका क्रममा प्रधानमन्त्री देउवा र भारतका प्रधानमन्त्री मोदीले संयुक्त रुपमा रेल्वे सेवा उद्घाटन गर्ने कार्यक्रमसमेत रहेको छ। त्यसैका लागि सरकारले केही दिन अघि रेल्वे अध्यादेश पुनः जारी गरेको थियो।

प्रतिकृया दिनुहोस्