News Portal

दिल्लीका मुख्यमन्त्री केजरिवाल धरौटीमा रिहा

रातोपोस्ट संवाददाता
१९४ पटक

काठमाडौं, ६ असार । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरिवाल धरौटीमा रिहा भएका छन्। केजरिवालका अधिवक्ता विवेक जैनले मदिरा घोटाला प्रकरमा धरौटीमा रिहा भएको बीबीसीसँग पुष्टि गरेका छन्। न्यायाधीश न्याय बिन्दुको इजलासले मुख्यमन्त्री केजरिवाललाई धरौटीमा रिहा गर्न आदेश दिएको हो।

यसअघि उनी निर्वाचनको प्रचारका लागि अन्तरिम जमानतमा रिहा भएका थिए। निर्वाचन सकिएलगत्तै उनी गत २ जुनमा आत्मसमर्पण गरेका थिए। मदिरासम्बन्धी नीतिमा घोटाला गरेको भन्दै केजरिवाललाई भारतको प्रवर्तन निर्देशनालय (इडी)ले गत मार्च २१ मा पक्राउ गरेको थियो।

प्रतिकृया दिनुहोस्