News Portal

मेचीनगर-६ मा गठबन्धनको प्रचार प्रसार कार्यालय उद्घाटन

रातोपोस्ट संवाददाता
६१६ पटक

झापा, १८ बैशाख । झापाकाे मेचीनगरमा आसन्न स्थानिय तहको निर्वाचनको लागि नेपाली साझा गठबन्धनले प्रचार प्रसार कार्यालय आइबार एक कार्यक्रमका बिच गठबन्धनको तर्फबाट वडाका उम्मेदवार ललितबहादुर तामाङले गमलाकाे फुलमा पानी हालेर प्रचार प्रसार कार्यालय उद्घाटन गरेका हुन।

मेचीनगर -६ स्थित भानुटाेलमा प्रचार कार्यालय उद्घाटनका गर्दै वडा अध्यक्ष उम्मेदवार तामाडले यो पटक वडामा गठबन्धनले जित हासिल गर्ने बताए । उनले मेचीनगर -६ मा गठबन्धनका सबै उम्मेदवारलाई बिजयी बनाउन आग्रह गर्दै वडाकाे बिकास गर्नको लागि गठबन्धनकाले जित्नै पर्ने बताए।

कार्यालय उद्घाटन कार्यक्रममा जसपाका केन्द्रीय सदस्य धनप्रसाद गुरुङ, माओवादीका मेचीगनरका सहइन्चाज विकास थापा मगर, काँग्रेसका युवा नेता नेत्र कार्की, भानु टाेलमा अग्रज पुर्ण बहादुर राई र डिल्ली बजगाँई लगायतको सहभागिता रहेको थियो । भरत गुरुङले सञ्चालन गरेकाे कार्यक्रममा सभापतित्व काँग्रेसका क्षेत्रीय सदस्य प्रकाश खम्बुले गरेका थिए ।

प्रतिकृया दिनुहोस्