News Portal

प्रदेश १ को नाम किरात प्रदेश राख्‍न किरात राई यायोक्खाकाे माग

रातोपोस्ट संवाददाता
३३५ पटक

खोटाङ, ५ श्रावण । किरात राई यायोक्खा खोटाङले प्रदेश १ को नाम ‘किरात प्रदेश’ राख्‍न माग गर्दै जनप्रदर्शनको तयारी गरेको छ । प्रदेश १ को नामकरण पेचिलो बन्दै गएको अवस्थामा यायोक्खाले शुक्रबार दिक्तेल बजारमा जनप्रदर्शनको तयारी गरेको हो ।

यायोक्खाका अध्यक्ष हात्तीराम राईले बिहीबार प्रेस विज्ञप्ती जारी गर्दै प्रदेश १ को नाम किरात राख्न जनदबाब सिर्जना गर्न र्‍यालीले बजार परिक्रमा, कोणसभा लगायतका रचनात्मक कार्यक्रम गर्ने तयारी गरेको जानकारी दिए ।

यायोक्खाले इतिहास, भूगोल, सभ्यता, संस्कृतिको र साझा मनोविज्ञानको आधारमा प्रदेश १ को नाम किरात प्रदेश राख्नुपर्ने पक्षमा निरन्तर संघर्ष गर्दै आएको छ ।

प्रतिकृया दिनुहोस्