News Portal

नयाँ पार्टीको नाम नेकपा (समाजवादी केन्द्र) राख्न प्रचण्डको प्रस्ताव

पत्रपत्रिका
३६५ पटक

काठमाडौँ, ६ साउन । नेपालका कम्युनिस्ट पार्टी एकीकरण गृहकार्य अगाडि बढेको छ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकीकरणबाट नयाँ गठन हुने पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी (समाजवादी केन्द्र) राख्न प्रस्तावसमेत गरेका छन् ।

माओवादी अध्यक्ष प्रचण्ड र जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् अध्यक्षबाट कारबाही गरिएका डा. बाबुराम भट्टराईबीच बिहीबार पार्टी एकीकरणबारे छलफल भएको छ । प्रचण्ड सचिवालयका अनुसार ललितपुर हात्तीवन हाउजिङमा छलफल भएको हो । आफ्ना भान्जा गोकुल भण्डारीको अपार्टमेन्टमा भएको छलफलमा प्रचण्डले नयाँ पार्टीको नाम प्रस्ताव गर्दै थप निर्णयका लागि छिट्टै बस्ने सहमति गरेका छन् ।

प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठसहितका नेताले ु पार्टी एकीकरणुबारे छलफल गरेका छन् । भट्टराईसँग छलफल गर्नुअघि प्रचण्डले माओवादी नेता श्रेष्ठसँग बिहीबार नै लामो छलफल गरेका छन् । आजको राजधानी दैनिकमा समाचार छ ।

प्रतिकृया दिनुहोस्