News Portal

मेचीनगरमा सर्पले डसेर महिला स्वयम्सेविकाको मृत्यु

रातोपोस्ट संवाददाता
३५० पटक

झापा, १३ श्रावण । झापाको मेचीनगरमा विषालु सर्पको डसाईबाट एक जना स्वास्थ्य स्वयम्सेविकाको मृत्यु भएको छ । मृत्यु हुनेमा मेचीनगर ११ की रुपा मैनाली रहेकी छिन् ।

उनलाई गएराति आफ्नै घरमा सुतेको अवस्थामा विषालु सर्पले डसेर घाइते बनाएपछि उपचारको लागि चारआलि स्थित सर्पदंश लगिएको थियो । त्यहाँ सम्भव नभएपछि थप उपचारको लागि विर्तामोड लैजादै गर्दा बाटोमा नै ज्यान गएको मेचीनगर ११ का वडाध्यक्ष रुद्र डागीले जानकारी दिए ।

आफन्त र छरछिमेकहरुले घटना घटाउने सर्पको खोजतलास गर्दा आज बिहान घर भित्रको फ्रिज छेउमा लुकेर बसेको अवस्थामा गोमन सर्प फेला गरेको र त्यसलाई अहिले मारिसकेको वडाध्यक्ष डागीले बताए ।स्व. मैनाली धाइजन स्वास्थ्य चौकी अन्तरगत मेचीनगर ११ मा सामुदायिक स्वास्थ्य स्वयम्सेविकाको रुपमा कार्यरत थिईन् ।

प्रतिकृया दिनुहोस्