News Portal

प्रदेश १ मा बिहिवार सार्वजनिक बिदा

रातोपोस्ट संवाददाता
३२४ पटक

झापा, २३ कार्तिक । बहालवाला मन्त्रीको निधन भएपछि प्रदेश १ सरकारले बिहीबार सार्वजनिक बिदा दिएको छ। आन्तरिक मालिम तथा कानुन मन्त्रालयले बुधबार सूचना जारी गर्दै वन, वातावरण तथा भू–संरक्षण मन्त्री शेखरचन्द्र थापाको निधन भएको शोकमा सबै सरकारी कार्यालय, सार्वजनिक संघसंस्थामा सार्वजनिक विदा दिने निर्णय भएको जनाएको छ।

सबै सरकारी कार्यालय र सार्वजनिक संघ संस्थामा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय भएको सूचनामा उल्लेख छ। मोरङ ३ (क) मा प्रदेशसभा सदस्य उम्मेदवारसमेत रहेका मन्त्री थापाको नोबेल मेडिकल कलेज विराटनगरमा उपचारका क्रममा बुधबार मृत्यु भएको हो।

प्रतिकृया दिनुहोस्