News Portal

मेचीनगरमा मनाइयो तमु ल्होसार

रातोपोस्ट संवाददाता
४१ पटक

मेचीनगर, १५ पुष । मेचीनगरमा गुरुङ समुदायले तमु ल्होसार पर्व मनाएका छन् । झापाको काँकरभिट्टामा तमु ह्यूल छोज धीं गुरुङ राष्ट्रिय परिषद मेचीनगर समितिले ल्होसार पर्व मनाएको हो । तमु ह्यूल छोज धीं गुरुङ राष्ट्रिय परिषद् मेचीनगर समितिद्वारा आयोजित २६०९ औं ल्हो तमु ल्होसार पर्व भव्य रूपमा सम्पन्न भएको छ ।

झापाको मेचीनगरमा आयोजित कार्यक्रममा प्रदेश सांसद गोपाल तामाङको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा मेचीनगर नगरपालिका उपप्रमुख मिना पोखरेल उप्रेती, मेचीनगर–७ का वडाअध्यक्ष प्रलादम मणी ओलीलगायतको आतिथ्यता रहेको थियो । संस्थाका अध्यक्ष सुभाष गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव होमराज गुरुङले गरेका थिए । कार्यक्रममा विविध सांस्कृतिक प्रस्तुतिहरू र परम्परागत रीतिरिवाजको प्रदर्शन गरिएको थियो । नयाँ वर्षको रुपमा पर्व मनाउँदै लोप हुन थालेको कला, संस्कृति तथा भाषा संरक्षणको माग समेत राखिएको छ ।

समुदायको पहिचानसँग जोडिएको भाषा, संस्कृति संरक्षणका लागि सरकारले ध्यान दिनुपर्ने माग सहभागीले राखेका हुन् । गुरुङ समुदायको पहिचान बोलिने भाषा, लगाउने भेषभूषा र मनाउने चाडपर्वले झल्काउने भएकाले समयक्रमसगै यी पहिचान हराउने अवस्थामा पुगेका छन् । सरकारले दिवस मनाउनको लागि बजेट दिनुभन्दा भाषा संस्कृति संरक्षणको लागि ध्यान दिनुपर्नेमा सहभागिहरुले जोड दिएका छन् ।

प्रतिकृया दिनुहोस्