News Portal

गृहपृष्ठ मुख्य समाचार, राष्ट्रिय, समाचार, समाज

फेरि राष्ट्रपतिद्वारा अध्यादेश जारी…..

काठमाडौं, २२ बैशाख ।   राष्ट्रपति विद्यादेवी भण्डारीले फेरि थप एक अध्यादेश जारी गरेकी छन् । बुधबार राष्ट्रपतिले रेल्वे अध्यादेश जारी गरेकी हुन् । नेपालको संविधानको धारा ११४ को उपधारा १ बमोजिम अध्यादेश जारी गरेको राष्ट्रपति...बाँकी

माओवादीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता

काठमाडौं, २२ बैशाख । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । समर्थन फिर्ताको पत्र बुधबार बिहान संसद सचिवालयमा बुझाइएको छ । माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले...बाँकी

काँकरभिट्टामा होम आइसोलेशनमा बसेकी एक महिलाको मृत्यु

झापा, २२ बैशाख । कोरोना भाइरस संक्रमण पुष्टि भएपछि होम आइसोलेशनमा बसेका काँकरभिट्टाकी एक महिलाको मृत्यु भएको छ । कोरोना संक्रमणबाट मेचीनगर नगरपालिका–६ बर्मेली निवासी ५६ वर्षीयाको महिलाको आज बिहान मृत्यु भएको हो । ती...बाँकी

नाकाको अनुगमन गर्दै मन्त्रीले भने– कोभिड नियन्त्रणमा कुनै कसुर बाँकी नहोस्

झापा, २२ बैशाख । प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले मङ्गलबार पूर्वीनाका काँकडभिट्टाको अनुगमन गरेका छन । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको उच्चस्तरीय टोलीसहित अपराह्न आएका कार्कीले काँकडभिट्टा नाकाको...बाँकी

उपचार नपाएरै गयो ज्यान

धनुषा, २२ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार देशवासीका नाममा सम्बोधन गर्दै ढाडस दिएका थिए–उपचार नपाएर कोही पनि मर्नुपर्ने अवस्था आउन दिन्नँ । तर सम्बोधनको एक दिनपछि मंगलबार धनुषाको बटेश्वर गाउँपालिका–४ का ४५ वर्षीय...बाँकी

जनता छटपटाउँदै बेडमा, राजनीतिक दल सत्ताको खेलमा

काठमाडौं, २२ बैशाख । विश्वव्यापी रुपमा फैलिएको कारोना संक्रमणको दोस्रो लहरका कारण देशभर संक्रमितको संख्या ह्वातै बढ्दा अस्पतालको शय्या भरिएका छन् । ठूलो संख्यामा एकैपटक संक्रमितको दर बढ्दै जाँदा अस्पतालमा शय्याको अभाव भई उपचार नै...बाँकी

अल्पमतमा प्रधानमन्त्री ओली…..

काठमाडौं, २२ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार अल्पमतमा परेको छ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेसँगै ओली सरकार अल्पमतमा परेको हो । नेपाल कम्युनिस्ट पार्टी...बाँकी

बढ्दो सङ्क्रमणले अन्योलमा एसईई

काठमाडौ, २२ बैशाख । कोभिड–१९ को दोस्रो लहरको लहरो झाँगिदै गर्दा माध्यमिक शिक्षा परीक्षा (एसईई) र कक्षा १२ को परीक्षाको अन्योल थपिएको छ । २०७७ सालको एसईई सञ्चालन हुन अब मुस्किलले तीन साता बाँकी छ...बाँकी

आज राति १२ बजेदेखि झापामा ३१ गतेसम्म पूर्णरुपमा निषेधाज्ञा

झापा, २२ वैशाख । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी) को मंगलबार बसेको वैठकले आज (बुधबार) बैशाख २२ गते राति १२ बजेदेखि वैशाख ३१ गतेसम्म पूर्णरुपमा निषेधाज्ञा लगाउने निर्णय गरेको छ । कोरोना संक्रमितको संख्या दिनप्रतिदिन...बाँकी

झापामा युवा संघद्वारा स्थानीय सरकारको ध्यानाकर्षण

झापा, २१ वैशाख । कोरोना संक्रमण देशमा तिव्र गतिमा बढ्न थालेपछि युवा संघ नेपाल झापाले एक विज्ञप्ती जारी गरेर स्थानीय सरकारको ध्यानाकर्षण गराएको छ । युवा संघ नेपाल झापाका अध्यक्ष राजु धिमाल र सचिव निकास...बाँकी