News Portal

  • सरकारी साधनकाे चरम दुरुपयोग,घरकालागी सागसब्वी किन्न सरकारी बाइक

    रातोपोस्ट संवाददाता
    ६३५ पटक

    मेचिनगर। शनिबार सार्वजनीक बिदाको दिन सरकारी सवारी साधान बिशेष काम बाहेक प्रयोग गर्न मिल्दैन ।

    तर झापाको मेचीनगर नगरपालिकाका कर्मचारी भने यसैको चरम दुरुपयोग गर्दै आएका छन । दृश्य हो काँकरभिट्टा को एक सब्जी पसलकाे हाे ।

    शनिबारको दिन अनि सडकको बिच भागमा सरकारी सवारी साधन मोटरसाईकल ।

    बिच सडकमा मोटरसाईकल राखि सब्जी पसलमा सब्जी किन्न जाने कर्मचारी मेची नगर नगरपालिका का कर्मचारी आन्तरिक लेखा परिक्षक राजन भेटुवाल हुन ।

    नगरपालिकाको मे १ ख ८८७ नम्बरको मोटरसाईकल बिच सडकमा राखेर उनी सब्जी पसल  गएका थिए । जव सडकमा मालवहाक सवारी आउछ उनकै सवारीको कारण बाटो अवरोध हुन्छ ।

    त्यसपछि उनी फेरी साइट लगाएर पूर्न सब्जी खरिद गर्न जान्छन ।

    शनिबारको दिन यसरी नै नगरपालिकाका कर्मचारीले सरकारी सवारीको दुरुपयोग गदै आएका  छन ।

    जनताको करमा कर्मचारीको रजाइँ हुदै आएका  छन ।

    शनिबारको पनि घरायसी कामका लागि सरकारी सवारीसाधन प्रयोग गर्ने कर्मचारीलाई नगरपालिकाले छुट दिने गरेको छ ।

    यस बिषयमा मेची नगर नगरपालिका प्रमुख प्रशासकिय अधिकृत महेन्द्रकुमार खाम्याहांग सँग बुझदा यसलाई ठूलो इश्यु नबाउँन आग्नह गरे, उनले कोरोना सम्बन्धी काम गर्दै जादा बाटोमा सब्जी किनेको हुँन सक्ने भन्दै आफ्ना कर्मचारीको बचाउँ गरेका थिए ।

    शनिबारको दिन यसरी आफ्नो निजि काममा सवारी प्रयोग गर्ने कर्मचारीलाई कहीँले सम्म छुट दिने  स्थानीयबासीले प्रश्न गरेका छन ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)