News Portal

मेचीनगरमा पार्किङबाट २ दिनमा ८० हजार उठ्याे

रातोपोस्ट संवाददाता
६१५ पटक

झापा, २ साउन । झापाकाे मेचीनगरपालिकाले २ दिनमा सवारी साधन पार्किङको शुल्क वापत ८० हजार रुपैयाँ भन्दा बढी रकम संकलन गरेकाे छ । नगरपालिकाले साउन १ र २ गते २ दिन मै सवारी साधन पार्किङको शुल्क वापत ८० हजार रुपैयाँ भन्दा बढी रकम संकलन गरेकाे हाे ।

नगरपालिकाले काँकरभिट्टा र प्यारीभिट्टा बस पार्कबाट लामाे दुरीका बस, छाेटाे दुरीका बस, रिक्सा, टेम्पाे र म्याजिक गाडीहरुबाट पार्किङको शुल्क वापत २ दिनमा ८० हजार भन्दा बढी रकम संकलन गरिएकाे मेचीनगर राजश्व उपशाखाका प्रमुख प्रेमप्रसाद पराजुलीले जानकारी दिए । गत बर्ष ८४ लाखमा पार्किङ शुल्ककाे ठेक्का लागेकाेमा यसपालि भने १ कराेड २६ लाखमा लागेकाे थियाे तर नगरले फेरि घटाएर ९५ लाख रुपैयाँमा ठेक्का खुलाएकाे राजश्व उपशाखाका प्रमुख पराजुलीले बताए । उनले पहिला भन्दा करकाे दर पनि बढाएकाे हुनाले केहि रकम थप गरिएकाे उनले जानकारी दिए । नगरले लामाे दुरीका साधनबाट १२० रुपैया, छाेटा दुरीका साधनबाट ८० रूपैया, हाइस गाडीबाट ५०, म्याजिक गाडिबाट २५ रूपैया र सिटी रिक्साबाट २० रुपैया सकलन गरेकाे थियाे ।

नगरपालिकाले साउन ८ गते सम्मका लागि ठेक्का आवाहन गरेकाे छ । ठेक्का नलाग्दा सम्मका लागि हामी आफैले पार्किङको शुल्क संकलन गर्नु पर्ने भएकाे हुनाले रकम सकलन गरेकाे उनले बताए । अहिले पार्किङमा गाडीकाे चाप पनि कम भएकाे तर अव केहि दिन पछि गाडीकाे चाप पनि बढ्ने हुनाले राजश्व उठ्ने रकम बढ्ने उनले जानकारी दिए । राजश्व उपशाखाका प्रमुख पराजुलीले नगरपालिकाले सवारी साधन पार्किङको राम्राे व्यवस्थापन गर्न सकेकाे खण्डमा नगरपालिकाकाे राम्राे आम्दानी हुने उनले बताए ।

प्रतिकृया दिनुहोस्