News Portal

एमालेका मन्त्रीले प्रधानमन्त्री ‘प्रचण्ड’लाई बुझाए राजीनामा

रातोपोस्ट संवाददाता
६२ पटक

काठमाडौँ, १९ असार । नेकपा (एमाले)का मन्त्रीहरूले राजीनामा दिएका छन् ।

बुधबार साँझ बालुवाटार पुगेर उनीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई राजीनामा पत्र बुझाएको मन्त्री ज्वालाकुमारी साहले जानकारी दिइन् ।

कांग्रेस एमाले सत्ता समीकरणका लागि सहमति जुटेपछि एमाले मन्त्रीले राजीनामा दिँदै सरकारलाई दिएको समर्थन समेत फिर्ता भएको जनाएका हुन् । एमाले सरकारबाट बाहिरिएसँगै प्रचण्ड नेतृत्वको सरकार अल्पमतमा परेको छ ।

प्रतिकृया दिनुहोस्