News Portal

मेचीनगरका पूर्व जनप्रतिनिधि श्रेष्ठले गरे एमाले परित्यागको घोषणा

रातोपोस्ट संवाददाता
२३१ पटक

झापा, ११ साउन । नेकपा एमाले मेचीनगर कमिटीका सदस्य तथा पूर्व जनप्रतिनिधि राजकुमार श्रेष्ठले एमाले परित्यागकाे घोषणा गरेका छन्। एमाले मेचीनगरका लाेक प्रिय मजदुर नेताकाे रुपमा परिचित श्रेष्ठले एमाले परित्यागकाे घोषणा गरेकाे फेसबुकमार्फत् बिहिबार जानकारी दिएका छन्।

एमाले मेचीनगर कमिटीबाट संघ संस्थामा जाने साथीहरुबाट अवसरबाद देखिएको हुँदा विचलनका विरुद्ध संघर्ष गर्ने र यसलाई सच्याउने आधार समेत समाप्त भइसके श्रेष्ठलेको ठहर छ। एमाले मेचीनगरमा अन्यरुपी चिन्तन बढ्नुका साथै नगर कमिटी विचार, नीति, कार्यक्रम र कार्यदिशा विपरीत रहन गएको फेसबुकमार्फत्मा उल्लेख छ।

मेचीनगर-६ निवासी श्रेष्ठ २०५४ सालदेखि नेकपा पार्टीमा आवद्ध भएका थिए । लामाे समय सम्म मजदुर संगठनमा रहेर काम गरेका उनी मेचीनगर- ६ का पूर्व वडा सदसय पनि हुन ।

प्रतिकृया दिनुहोस्