News Portal

  • गड्डाचौकी नाका मंगलबारदेखि अनिश्चितकालका लागि बन्द गरिने

    रातोपोस्ट संवाददाता
    ७८६ पटक

    कञ्चनपुर।  पश्चिमी सीमानाका गड्डाचौकी मंगलबारदेखि अनिश्चितकालका लागि बन्द गरिने भएको छ ।

    प्रमुख जिल्ला अधिकारी नूरहरि खतिवडाको अध्यक्षतामा आइतबार जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले यही ११ गतेबाट गड्डाचौकी नाकालाई पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको हो ।

    आइतबार भीमदत्त नगरपालिका, स्वास्थ्य कार्यालय र तीनै तहको सुरक्षा समितिसहितको बैठकले यस्तो निर्णय गरेको हो ।

    प्रजिअ अधिकारीका अनुसार सूचनाको अवज्ञा गर्नेलाई सुरक्षाकर्मी र अधिकारप्राप्त कर्मचारीले नियन्त्रण्मा लिएर कारबाहीको प्रक्रिया अगाडि बढाइनेछ ।

    बैठकले आइतबार मध्यरातबाट लागू हुनेगरी भीमदत नगरपालिका क्षेत्रमा दैनिक उपभोग्यका पसल, राहत उद्धार बाहेक सम्पूर्ण उद्योग कलकारखाना, बजार, पसल, व्यवसाय समेत पुर्णरुपमा बन्द गर्ने निर्णय गरेको छ ।

    यस्तै, नाकाबाट भित्रिने व्यक्तिहरुको तथ्याङ्क संकलन गरी वेबसाइटमा राख्ने, आकस्मिक उपचार बाहेक अन्य कामका लागि घर बाहिर नजान आग्रह गर्नेजस्ता निर्णय गरेको छ ।

    यसैगरी, बजार अनुगमनलाई तीव्रता दिने, सञ्चारमाध्यम वा सामाजिक सञ्जालमा भ्रम फैलाउने र सूचना अटेर गर बाहिर निस्किनेहरुलाई कडा कारबाही गर्ने निर्णय समेत गरेको छ ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)