News Portal

  • विवादास्पद सचिव प्रधानमन्त्री कार्यालयमा

    पत्रपत्रिका
    ३५७ पटक

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका ‘विवादास्पद’ सचिव यादवप्रसाद कोइराला प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा तानिएका छन्। उनको ठाउँमा लक्ष्मण अर्याललाई ल्याइएको छ। यो खबर अन्नपूर्ण पाेष्टले छापेको छ।

    कोरोना भाइरस संक्रमण सुरु भएकै अवस्था स्वास्थ्यमा सरुवा भएका कोइराला ओम्नी बिजनेस कर्पोरेट इन्टरनेसनल (ओबीसी आई) मार्फत चीनबाट कोरोना रोकथाम र उपचारसम्बन्धी स्वास्थ्य सामग्री खरिद प्रकरणमा मुछिएका छन्। गुणस्तरहीन र महंगोमा स्वास्थ्य सामग्री किनेको भन्दै व्यापक विरोध र आलोचना भयो। अन्ततः यो ओम्नीसँग सरकारले स्वास्थ्य सामग्री खरिद सम्झौता नै रद्द गरेर कालो सूचीमा राख्नु पर्‍यो। अख्तियार दुरूपयोग अनुसन्धान आयोग र संसद्को लेखा समितिले यस विषयमा छानबिन गरिरहेको छ।

    कालो सूचीमा परेको ओम्नीलाई २८ करोड भुक्तानी दिने विषयमा कोइराला विवादमा तानिएका हुन्। कालो सूचीमा परेका कम्पनीलाई भुक्तानी दिन नहुने राय दिएपछि स्वास्थ्य सेवा विभागका लेखा प्रमुख केशव प्रसाईंलाई कारागार महाशाखा सरुवा गरिएको थियो। सचिव कोइराला भने ओम्नीलाई भुक्तानी दिनु पर्ने पक्षमा थिए। ओम्नीलाई भुक्तानी दिन भनेर प्रसाईंको सरुवा गरेर नयाँ लेखा प्रमुख दिवाकर घिमिरे ल्याइयो। कोष तथा नियन्त्रण कार्यालयबाट सरुवा गरे ल्याइएका घिमिरे पनि कालो सूचीमा रहेका ओम्नीलाई भुक्तानी दिन इन्कार गरे।

    कोरोनाविरुद्ध खटिरहेका शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको क्लिनिकल रिसर्च युनिटका संयोजक डा. शेरबहादुर पुनलाई ‘होस्टाइल’ गराएको विवादमा उनी तानिए। सञ्चारमाध्यममा पुनका लेख, रचना र अन्तर्वार्ता धेरै आउन थालेपछि उनलाई मन्त्रालयमा तानिएको विषयमा सचिव कोइरालाले दिएको ठाडो अभिव्यक्ति पनि विवादमा आएको थियो।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)